नेपाल सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुंगानाको ८३ वर्षको उमेरमा कात्तिक १७ गते दिउँसो काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो। उनको पार्थिव शरीर हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।