चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ, र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो। ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह गत वर्षको तुलनामा २५.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। यस अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ, जुन गत वर्षको २ अर्ब ७६ करोडभन्दा धेरै हो।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।

