नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको बैठकमा समसामयिक राजनीतिका विषयमा कुराकानी भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेको र विहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेकाले मन्त्री चयन हुन सक्ने स्रोतको भनाइ छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने सामान्य छलफल भए पनि यहि बैठकबाट मन्त्रीको नाम नटुंगिने बताए।
यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो । माओवादी केन्द्रले यहि २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

