सन्ताेष प्रसाद तिवारी / २५ पाैष,काठमाडौं । कृषि , पर्यटन ,व्यापार, साँस्कृतिक महाेत्सव वि.स.२०८१ पाैष २५ गतेदेखि – माघ १० गतेसम्म सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाको सिमा क्षेत्र सिपाघाट भिमटार बगरमा भईरहेकाे छ। याे पालिका अन्तर्गतकाे हालसम्मको पहिलाे पटक वडा न.१२ ले आफ्नो अगुवाइमा गर्न लागेकाे मेला महाेत्सव रहेको बताईएकाे छ । संरक्षक ईन्द्रावती गाउँपालिका र मुल आयाेजक ईन्द्रावती गाउँपालिका वडा न.१२ सिन्धुपाल्चोक रहेकाे उक्त मेला महाेत्सवबाट , पर्यटन प्रवर्द्धनका लागि सिंगाे जिल्ला र विशेष ईन्द्रावती गाउँपालिकाकाे आर्थिक , सामाजिक, साँस्कृतिक र सञ्चार प्रविधिकाे विकास र स्थानान्तरणमा अहम् भुमिका खेल्न सहयाेग मिल्न सक्ने अपेक्षा रहेकाे छ। मेलामा स्थानीय उत्पादन र स्थानीय कला,संगीत एवम् साेही क्षेत्रमा उत्पादित वस्तु ,खाद्य सामग्री र विभिन्न स्थानीय स्राेत एवम् साधन जढिट सामग्री सहितकाे प्रदर्शन गरिएको थियाे।
गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथि रहेका झम्क नाथ नेपालले मेला महाेत्सव कार्यक्रमलाई पानसमा दियाे बाली विधिवत् उद्घाटन गर्दै,कृषि ,व्यापार ,पर्यटन प्रवर्द्धनमा गाउँपालिका मै पहिलाेपटक गरिएको याे महाेत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ,त्यस्तै नेपालको भुगाेल जस्तो छ,ईन्द्रावती गाउँपालिकाकाे भुगाेल त्यस्तै छ । ओख्रेनी लगायत,हिमाल ,पहाड र तराईको समिश्रण रहेकाे भुगाेल यस गाउँ पालिकामा पाउन सकिने बताए ।
कार्यक्रममा गाउँ पालिकाकाे वडा नं १२ का सभा अध्यक्ष समेत रहेका वडा अध्यक्ष ईन्द्र ब.दनुवारले विशेष भुमिका खेल्दै उनकै साथ सहयाेग र पहल कदमीमा मेला भएको बताएका छन् । त्यस्तै सह – आयाेजक पञ्चकन्या युवा समाज र भिमसेन थान युवा क्लब रहेका छन्,भने मेला व्यवस्थापनमा औद्योगिक मेला महाेत्सव प्रतिष्ठान नेपाल रहेकाे छ। मेलामा चर्चित राष्ट्रिय र स्थानीय कलाकारले सांगीतिक प्रस्तुतिबाट मेला हेर्न र मनाेरञ्जन गर्न आउने पर्यटकलाई आनन्दित र आकर्षित गरेका थिए। मेलामहाेत्सव भईरहेकाे ठाउँ काठमाडौंकाे शंखरापुर साँखु बसपार्कबाट २१-२२ किलोमिटरकाे दुरीमा रहेको छ । साँखु-लप्सेफदी-जहर्सिङ पाैवा-नाङ्लेभारे-फट्केेश्वर हुदै मेला लागेको ठाउँ सिपाघाट आईपुगिन्छ।
Previous Articleलक्ष्मी सन्राइज बैंकको २४औं वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न
Next Article यस्तो छ शुक्रराज ट्रपिकल अस्पतालको ईतिहास

