लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा आज मिति २०८१ पौष २४ गते काठमाडौंमा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन र सोही आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले रु ३३३ अर्ब निक्षेप संकलन र रु २५८ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ। सोही अवधिमा बैंकको वासलातको आकार रु ३९५ अर्ब पुगेको छ। उक्त वर्ष बैंकले रु २ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
लक्ष्मी सन्राइज बैंकले स्थिर आर्थिक वृद्धिका साथ उच्चतम बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

