काठमाडौं फाल्गुन 11
काठमाडौं सुनचाँदी व्यवसायी संघको स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ। आयोजक काठमाडौं सुन चाँदी व्यवासयी संघका अनुसार संस्थाको सामाजिक कार्यअन्तर्गत नियमित भएको आयोजना हो ।
कार्यक्रममा निःशुल्क आँखा जाँच, रक्तचाप जाँच र रगतमा चिनीको मात्रा परीक्षण गरिएको थियो । शिविरमा सामान्य रोगको औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका पधाधिकारीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग उपलब्ध गराएको थियो भने स्वास्थ्य शिविरका लागि चिरायु नेशनल अस्पतालले सहयोग उपलब्ध गराएको थियो । चिरायु अस्पिटलबाट व्यवसायी सदस्यहरुलाई संस्थाको सिफारिसमार्फत् छुट सेवा प्रवाह गरिरहेको छ ।

