“संविधान संशोधन: आवश्यकता र चुनौती” विषयमा नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनद्वारा भोलि शुक्रबार हुदैछ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री श्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा महेन्द्रनगरमा सुदूर पश्चिम प्रदेशस्तरीय अन्तरक्रिया आयोजना हुन गैरहेको जानकारी पेशागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेस प्रमुख डा डिला संग्रौलाले टपटेन खबरलाई जानकारी गराइन। संविधानविद् काशीराज दाहालले विषयगत प्रस्तुति गर्नु हुने उक्त अन्तरक्रियामा सक्रिय सहभागिताका लागि सम्पूर्ण मित्रहरुमा आमन्त्रण गरिएको छ। कार्यक्रम यस प्रकार रहेको छ।
मिति: २०८१ फाल्गुण १६ गते, शुक्रबार
समय: दिनको ११ बजे
स्थान: कंचनपुर उद्योग वाणिज्य संघको सभाकक्ष, महेन्द्र नगर
डा डिला संग्रौला
प्रमुख
पेशागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेस

