काठमाडौं: आज शनीवार काठमाडौंको बत्तीसपुतली स्थित काजीको किचनको शभाहलमा रंगेली नगरपालिका वासीहरुको भेलाले ‘रंगेली-काठमाडौं सम्पर्क मन्च’ नामक सामाजिक संस्थाको आधिकारीक दर्ता गर्न दायित्व सुम्पिदै ११ सदस्य तदर्थ समिती गठन गरेको छ ।
बिकास अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी शैक्षिक परामर्श सेवामा आबद्ध भरत भट्टराइ थिए भने अतिथिहरुमा क्रमश: एलओडी क्लबमा आबद्ध शारदा गौतम, संचारकर्मी किरण न्यौपाने, महिला अधिकारको क्षेत्रमा कार्यरत लक्ष्मी माया सापकोटा र साङ्गितिक क्षेत्रका शेखर बगडिया रहेका थिए ।

रंगेली नगरपालिकाका काठमाडौंमा वसोवास गर्दै आएका सबै नागरीकहरुलाई उक्त सङ्गठनमा आबद्द गर्दै सबै किसिमका समस्याहरुसँग सामुहिक रुपमा जुद्धने लक्ष्य सहित यो मन्च निर्माण गरिएको छ ।
बिकास अधिकारीको अधक्ष्यतामा गठन गरिएको तदर्थ समितीको सचिवमा चुडामणी कोइराला(शेखर) र कोषाधक्ष्यमा लक्ष्मी माया सापकोटा रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमश: पबिन्द्र कार्की, सुजन घिमिरे, सुवास सेढाइ, सरु भट्टराइ, सन्तोस बस्नेत, शारदा गौतम, झलक गुरुङ र हरी प्र. पाठक रहेका छन् ।

युवराज कार्की, भरत भट्टराइ, रबीन थापा, शेखर बगडीया, उमेश सिवाकोटी र किरण न्यौपाने सम्लग्न ६ सदस्यीय सल्लाहकार समितीको गठन समेत गरिएको छ ।

कार्यक्रममा अतिथी वक्ताहरुले मन्चको गठनले आफुहरुलाई अत्यन्तै उत्साहित बनाएको र आ-आफ्नो क्षेत्रबाट यथाशाक्य सहयोग गर्ने र यो सङ्गठनको उत्थानमा निरन्तर समर्पित हुने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य जीवन सिवाकोटीले राखेका थिए भने कार्यक्रम सन्चालन युबराज कार्कीले गरेका थिए । यो तदर्थ समितीलाई ६ महिना भित्र संस्था दर्ता प्रकृया पुरा गरी संस्थाको पहिलो साधरण सभा सम्पन्न गर्ने दायित्व सुम्पिदै आजको भेला सम्पन्न भएको छ ।
