–वरीष्ठ सन्चारकर्मी प्रवीण जोशी
भक्तपुर: काेरना संक्रमणबाट बढ्दाे विरामीकाे लागि आवश्यकीय रगतकाे अभावलाई ध्यानमा राखेर शनिबार मध्यपुर थिमि र गठ्ठाघरमा दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रमकाे आयाेजना गरियाे ।

राष्ट्रिय विभूति शंखधर साख्वाकाे नाममा संचालित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.काे आयाेजनामा एक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयाे ।

“रक्तदान -जीवनदान” रहेकाे कार्यक्रममा रेडक्रसकाे प्राविधिक सहयाेग थियाे । शंखधर साकाेसकाे रक्तदानमा १९ वर्षीय एलिस श्रेष्ठ र ५७ का न्हुक्षेराज बज्राचार्य लगायत ३ दर्जन महिला पुरुष सहभागीता थियो ।

४८ पटक रगत दिइसकेका कमल थापाले पनि रक्तदान गरे । संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले वर्तमान रगत अभावलाई मध्यनजर गरी सामाजिक उत्तरदयित्व अन्तर्गत कार्यक्रम गरिएकाे बताए ।

यसैगरि गठ्ठाघरमा मध्यपुर बचत तथा ऋण सहकारी संस्थाबाट आयाेजना गरिएकाे कार्यक्रममा २५ जनाले रक्तदान गरेको जानकारी संस्थाका अध्यक्ष महेश्वर श्रेष्ठले दिए । संस्थाकाे २१ औं वार्षिकोत्सबमा उक्त रक्तदान कार्यक्रमकाे आयाेजन गरेकाे पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।
