काठमाडौँ: टोकियो ओलम्पि टोकियो ओलम्पिकको आज समापन हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुनेछ ।
ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले पछ्याइरहेको छ ।
चीन र अमेरिकाबीच अहिलेसम्म दुई स्वर्णको अन्तर छ । चीन ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदकका साथ पहिलो र अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित १ सय ८ पदकका साथ दोस्रो स्थानमा छ ।
इतिहासकै सफलता प्राप्त गरेको जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्यका साथ तेस्रो स्थानमा छ ।
गएको साउन ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुन लागेको हो ।
खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा यसपालि २ सय ८ देशको प्रतिनिधित्व थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए ।
ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो । तर पहिलो चरणबाटै बाहिरिए ।

