काठमाडौं, ७ चैत, २०८१ ।
सुनको बजार मूल्य नेपालको इतिहासमा हालसम्मकै उच्च भएको छ । बुधबार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (विहीबार) भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाउदै गरेको सुनको मूल्य आज भने स्थिर छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

