काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । पण्डितकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि विमलाको केही समयदेखि उपचार चलिरहेको थियो ।

