केटी: डाँस खोलामा तरेर काठको नाउँ
हिड ठूले दोमना घुम्न जाउँकेटा: गान्धी आश्रम भएर गुवाल गाउँ
रचनाकार: चिन्तामणी सिवाकोटी
हिड सानी दोमना घुम्न जाउँ
राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणी शिबाकोटीको शब्द, ‘काफल गेडी कुटुक्क …………..’ बोलको लोकप्रिय गीतका गायक तुलसी पराजुलीको लय र स्वर साथै अहिलेको चर्चित गायिका प्रबिशा अधिकारीको स्वरमा उक्त गीत चाडै सार्बजनीक हुने समाचार गायक तुलसी पराजुलीको फेसबुक वालमा उल्लेख भएको छ ।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाको वडा नं. ९ मा अबस्थित दोहमना बजार ( सामान्य बोलिचालीको भाषामा ‘दोमना’ ) एक ऐतिहासिक बजार हो । त्यसैगरी सुनबर्षी नगरपालीका अबस्थित गान्धी आश्रम बजारको पनि आफ्नै ऐतिहासिक महत्व रहेको छ ।

यही परिबेशको कथा भन्ने यो मनोरन्जनात्मक गीत सार्बजनिक हुने खबरले स्थानिय बासी उत्साहित भएका छन् ।

स्थानिय लीला रेग्मीले भने,”यो गीतको सार्बजनिक हुने मिती ब्यग्रताको साथ पर्खिरहेका छौ’ उनले आगाडी थपे,” गीतका रचनाकार र स्वर दिने कलाकारलाई हामी स्थानियको तर्फबाट धन्यबाद दिन्छौ ।”
( तस्वीर स्रोत: तुलसी पराजुलीको फेसबुक )
‘

