काठमाडौं: चरमपन्थी समूह तालिबानले दबाब बढाएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले राजीनामा दिने तयारी गरेका छन्। काबुलबाट आइरहेका समाचार अनुसार अफगान सरकारले आज यसको घोषणा गर्न सक्नेछ।
हिजो रातिसम्म घानी अन्तिम समय राष्ट्रपति रहिरहने बताइएको थियो। तर तालिबानले लगातार आक्रमण बढाएपछि घानीले पद छाड्ने तयारी गरेका हुन्।
अहिले तालिबान र अफगान सुरक्षा बलबीच मैदान शहरस्थित गभर्नर कार्यालय क्षेत्रमा भीषण लडाइँ जारी छ। मैदान शहरलाई काबुलको प्रवेशद्वार पनि भनिन्छ।
शनिवार बिहान तालिबान समूहले पक्तिया प्रान्तको राजधानी राजधानी शरनालाई पनि कब्जामा लिएको थियो। त्यसपछि तालिबान काबुलबाट केबल एक घण्टाको दूरीमा आइपुगेको छ।
कान्दाहरका गभर्नर रुहउल्लाह खानजादले तालिबानसामू आत्मसमर्पण गरेका छन्।
तालिबानले कन्दाहारको रेडियो र सरकारी टिभीको नाम शरिया कायम गरेका छन्।
सरकारी कार्यालयमा तालिबानको बोर्ड राखिएको छ।

