पछिल्लो २४ घण्टमा मात्र ३५ संक्रमितको मृत्यु भएको छ। १२ हजार ५ सय ९७ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ जनामा एन्टिजेन परीक्षण गर्दा ९७ जनामा गरी जम्मा ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि पनि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १ सय १७ छ भने ५९ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।
