संवैधानिक राजसंस्था, हिन्दुराज्य र अखण्ड नेपाल पुनस्र्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौँको भृकुटीमण्डपबाट बसन्तपुरसम्म विरोध र्याली गरेको हो ।
उनीहरुले संवैधानिक राजसंस्था, धार्मिक सहिष्णुतासहितको सनातन हिन्दु राष्ट्र र अखण्ड नेपालको पुनर्स्थापना गर्नु पर्ने मागसहितका नारा लगाएका छन् ।

