झापाली कान्छा / १७ वैशाख ।
कोरोनाको दोस्रो लहर चलेपछि उपत्यका लगायत विभिन्न प्रदेशका मुख्य सहरमा लकडाउन शुरु भएको छ । यसैगरी झापामा पनि वैशाख १९ गतेबाट निषेधाज्ञा हुने भएको छ।
जिल्ला प्रशासन कार्यलय झापाले बैशाख १९ गते बाट निषेधाज्ञा जारी गरेको छ। १९ गते आइतबार राति १२ बजे देखि २६ सम्मलाई निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना जानकारी दिनु भयो।
