भक्तपुर: पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस जसले निरंकुशता विरुध्दकाे लडाईमा हाेमदै आज नयाँ लाेकतान्त्त्रिक संविधान ल्याउन सफल भयाे ,यही पार्टी विभिन्न दलदलमा फसिरहेकाे छ भन्नुभयाे ।

मध्यपुरस्थित भुलांखेलमा नवनिर्वाचित नगर समितिले आयाेजना गरेकाे दीपावली,ने.सं.११४२ न्हुँ द (नयाँ वर्ष) काे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेसमा वेथिति बढेकाे,नीति,विधिविधान अनरुप नचलेकाेमा आफू विराेधमा रहंदै शुध्दीकरण अभियानमा रहेकाे बताउनु हुँदे १४ ओमहाधिवेशनमा सभापतिकाे प्रत्यासी रहेकाे जानकारी दिनुभयाे ।

