जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
आज बस्ने बैठमा सरकारमा पार्टीको भूमिका, पार्टीकाले चलाएको सुज अभियान, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने जसपाका प्रचार प्रसार समितका प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
यस्तै आजको बैठमा पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो लगाउने तयारी छ । पर्सामा यादवलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन भएको थियो ।

