काठमाडौँ: इलामको साङरुम्बाबाट बिदेशका बिभिन्न देशहरुमा रोजगारी गरिरहेका युवाहरुले कोरोना महामारीको दोश्रो लहर सङ्गै सरकारले गरेको लामो निषेधाज्ञाको मारमा परेका स्थानियहरुको राहतको लागी रु २ लाख ५३ हजार सङ्कलन गरेर सोमबार देखी राहत बितरण शुरु गरेका छन् ।
स्थानिय युबाहरुले आफ्नो ठाउँको अप्ठेरोमा परेका नागरिकहरुको सहयोगका लागी एउटा अभियान शुरु गरेका छन् । अभियन्ताहरुमा कीरण लिङदम, खिम सिबाकोटी, झरेन चौहान (मलेशिया), अनीस कार्की, दीप किशोर लिङदम (दुबाइ), भुबन लिङदम (कोरिया), धनबहादुर योङहाङ (अमेरीका), नीडुप तामाङ(युके)लगाएतका ७४ जना युवाहरुको सकृयतामा यो अभियान सम्पन्न गरिएको स्थानिय हाल दुबाइ रोजगारीमा रहेका एक अभियान्ता अनीश कार्कीले बताए ।

सङ्कलित राहत बितरण सहजिकरणका लागी स्थानिय वडा अधयक्ष्य लाखमान लिम्बुको संयोजकत्वमा कुमार पौडेल, नबीन लिङदम, कर्ण कार्की, मोहन पोखरेल, भानुभक्त घिमिरे, कुमारी लयागुन, रामकुमार लिङदम, मिलन चौहान सहितको समिती निर्माण गरेर काम थालिएको जानकारी प्राप्त भएको छ ।
“निषेधाज्ञाको समयमा रोगले भन्दा भोकले ज्यान जाने अवस्था सृजना भएकाले राहत बितरणलाई यो अभियान थालिएको हो ।” मलेशियाबाट सहयोग जुटाउन खटिएका एक अभियन्ता झरेन चौहानले जानकारी दिए ।
“युबाहरु एकजुट भए जस्तो सुकै समस्याको सामना गर्न सकिन्छ ।” दुबाइका अभियन्ता दीप किशोर लिङदमले बताए ।

“मानब हुनुको नाताले सारोगाह्रोमा आफ्नो मात्र नभएर अरुहरुको समस्यामा पनि साथ दिनु हाम्रो दायित्व हो । हाम्रो अभियान अहिलेको समस्यामा मात्र सिमित रहने छैन् । भबिस्यमा आउने जुनसुकै समस्यामा हाम्रो अभियान जारी रहन्छ ।” भन्ने प्रतिबद्दता ब्यक्त गर्छन् कोरीयामा रहेका अभियन्ता भुवन लिङदम ।
जम्मा सङ्कलित रकम २ लाख ५३ हजारबाट रु. १ लाख बाराबरको राहत बितरण गरिएको छ । रु. १ लाख स्वास्थ्य चौकी स्थापना अक्षय कोष स्थापना र ५० हजार बाराबरको स्वास्थ्य सामग्री खरीद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइने अभियन्ता अनिश कार्कीबाट जानकारी प्राप्त भएको छ ।

स्थानिय ४८ घरपरीवारलाई प्रती घरलाई ३० केजी चामल, १ लिटर तेल, १ केजी दाल र नुन लगाएतका उपलब्ध गराइएको जानकारी दिइएको छ । अति बिपन्न एक घरलाई रु. १० हजार सहयोग दिएको जानकारी प्राप्त भएको छ ।
अभियान सफल बनाउन ब्यबसायी भिम सङ्ग्रौलाले ब्यक्तीगत रुपमा एक घर बराबरको राहत सामग्री र स्थानिय युबा दील कुमार आङ्देम्बेले राहत बितरणका लागी नि:शुल्क यातायातको ब्यबस्था गरिदिनु भएको समाचार छ ।
“
