सरकारले दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन अनुमति दिए पनि सडकमा फाट्टफुट्ट रुपमा मात्रै गाडीहरु सञ्चालनमा आएका छन्।
कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्।
मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्न दिने अनुमति सरकारले दिएको छ।
तर घण्टौँ पर्खिँदा पनि सार्वजनिक सवारी साधन चढेर गन्तव्यमा जान नपाएको गुनासाे यात्रुहरुले गरेका छन्। काठमाडौँका सडकमा सीमित रुपमा मात्रै सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन भैरहेको देखिन्छ।
यात्रुहरु चौक चौकमा गाडी चढ्न पर्खिरहेका देखिन्छन्। एक त जाेर बिजाेर प्रणाली र त्यसमा पनि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन मात्रै चल्न पाइने भएपछि सडमा सवारी साधनकाे चाप नदेखिएकाे हाे।निजी सवारी साधनहरु भने जाेर बिजाेर प्रणालीमा सञ्चालन भैरहेका छन्।
