सरोकारवालाहरुमा हार्दिक अपिल!!!
नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाबाट गाईभैसीको दुध, खसीबोकाको मासु तथा च्याङ्ग्राको
पश्मिना मुल्य श्रृङ्खलामा सहयोग पुग्ने उद्देश्यले ५ प्रदेशका २८ जिल्लामा पूरक अनुदानको सघन कार्यक्रम
विगत २ बर्षदेखि सन्चालनमा रहेको व्यहोरा सम्पुर्ण सरोकारवालाहरुमा अवगत भएकै छ।आयोजनाद्बारा
संचालनमा रहेको पुरक अनुदान कार्यक्रम अन्तर्गत अनुदानग्राही समुह, सहकारी तथा व्यक्तिगत फर्महरुले
आयोजनाले तोकेका उद्देश्य बमोजिम कार्य नगरेको, अनुदान रकमको अनुचित लाभ लिएको, सम्झौता बमोजिम
कार्य नगरेको र अनुदान रकमको दुरूपयोग भएको अनुगमनको क्रममा पुष्टी भएमा उप-आयोजना सन्चालन
मार्गदर्शन, २०७८ बमोजिम अनुदान पाएको रकम सरकारी बाँकी सरह असुल गर्ने प्रावधान रहेको हुँदा यस
आयोजनाबाट अनुदान पाएका अनुदानग्राही संस्थाहरुलाई पुन स्मरण गराउन चाहन्छौ।साथै सम्पुर्ण
सरोकारवालाहरुलाई यस आयोजनाबाट अनुदान वितरण गरिएका अनुदानग्राही संस्थाहरुको सुची
आयोजनाको Website: www.nlsip.gov.np को प्रकाशन शिर्षक अन्तर्गत NLSIP बुलेटिन १ र बुलेटिन ३ मा
रहेको जानकारी गराउदै उक्त अनुदानग्राही संस्था वा व्यक्तिहरुले अनुदान रकम दूरुपयोग गरेको शंका लागेमा
वा देखिएमा आयोजनाको गुनासो शाखा (सम्पर्क न. ९८४८७१४९९९, ९८५११५७५३१,
९८५१०५१०४५) मा जानकारी उपलब्ध गराइ सहयोग गरिदिनुहुन नेपाल लाइभस्टक सेक्टर इनोभेसन
आयोजना आयोजना व्यवस्थापन कार्यालय हरिहरभवन ललितपुर हार्दिक अपिल गर्दछ।यस आयोजनामा
अनुदानको रकम दुरुपयोग भएको जानकारी दिने व्यक्ति वा संस्थाको विवरण गोप्य रहने छ।
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना
हरिहरभवन, ललितपुर
