भक्तपुर: मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले अब ८ प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ ।
संस्थाको साउन ९ गते शनिबार बसेको सञ्चालक समितिको निणर्यअनुसार कोभिडका कारण सृजित बन्दाबन्दीले सदस्यहरुलाई ब्यापार व्यवसायमा परेको असरलाई न्युनिकरण गर्न ८ प्रतिशत ब्याजदरमै सदस्य समृद्धि ऋण लगानी गर्ने भएको हो ।
सदस्य समृद्धि ऋण लगानीमा हाललाई एक सदस्यलाई १० लाख रुपैयाँसम्म ऋण लगानी गर्न लागेको संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले बताए ।
यो ब्याजदर एक वर्षसम्म फेरबदलसमेत नहुने र सरल किस्तामा तिर्न सक्ने यो ऋण लगानीको अवधि १० वर्ष रहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

