काठमाडौं: विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको माग गरेका छन्।
मिश्रले आफ्नो दस्तावेज सार्वजनिक गर्दै स्थानीय निकायको पुनसंरचना गर्दै सुदृढ बनाउनुपर्ने र संघीयता खारेज गर्नुपर्ने माग गरेका हुन्।
उनले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै यस्तो प्रस्ताव गरेका हुन्। मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्।
मिश्रले धर्मनिरपेक्षताबारे पनि जनमत संग्रहमा गएर छिनोफानो गर्नुपर्ने मत राखेका छन्।
‘स्थानीय निकायलाई पुनर्संरचना गरेर सुद्दढ गर्नु जरुरी छ। त्यससँगै संघीयता खारेजीमा जानुपर्छ’, उनले भनेका छन्, ‘संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको छ। संघीयता नेपालको अखण्डताको लागि घातक पनि छ।’

