काठमाडौँ । ड्राई फ्रुट्स हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । काजू, बदाम, ओखर र पिस्ता आदि त सामान्यतया हाम्रो आहारको हिस्सा नै हुन्छन् । तर एउटा यस्तो ड्राई फ्रुट्स जसलाई धेरै नेपालीहरूले मन पराउँदैनन् । तर पौष्टिकता र स्वास्थ्यको हिसाबले यो काजू र बादाम भन्दा निकै लाभदायक हुन सक्छ ।
हामीले यहाँ कुरा गर्न लागेको ड्राई फ्रुट अरु केही नभएर हेजलनट अर्थात् कटुस हो । कटुसले शरीरलाई ऊर्जा त दिन्छ नै हड्डीलाई बलियो बनाउन पनि मद्दत गर्दछ । धेरै मानिसहरू काजू र बदामलाई सबै थोक मान्छन् । दैनिक रूपमा खान मन पनि पराउँछन् । यी दुवै स्वास्थ्यका लागि अद्भुत छन् । तर तपाईँलाई काजू र बदाम खान मन पर्दैन चमत्कारी कटुस खान सक्नुहुन्छ ।

