दिनदिन बदलिन्छन् घूस खोरी असाध्यै
घरवरपर जम्मै हुन्छ खोक्रो अचम्मै
क्लह सकलगर्दै भाँच्नकुर्ची शुरू भो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।।
. ठग हठ अति नै भो चोर डाँका मिलेको
मन जतिधनदेख्दा भ्रष्ट गिर्ने हँुदो भो
सपथमननखाने हुन्छु भन्दै मियालो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।।
. हडप रकम सावाँब्याज हुन्छन् लुटाहा
श्रमिकअसल सेवादिन्न उस्तै मिचाहा
धर धर जन रुन्छन् भर्न भूँडी पिरलो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।।
. श्रमिक सब पसेको हेर खाडी विदेश
विरह र जन व्यथापोख्छ उस्तै स्वदेश
मनतनभव रोगी स्वस्थ छैनन् धरा यो
टिलपिल किन सत्ता गर्छ कस्को धरालो ।।
दुर्गा अधिकारी

