१२ चैत, काठमाडौं ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पेशागत बुद्धिजीवी
संगठनका प्रमुख डिला संग्रौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेकोबारे कांग्रेसले नै जबाफ दिनुपर्ने बताएकी छन् ।
पदावधि सकिन लागेका घिसिङलाई पदमुक्त गर्ने निर्णय गलत भएको पनि उनको भनाइ छ । उनले भनिन्, ‘कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय गलत छ। यसको जबाफ सरकारले हैन, हाम्रो पार्टीले दिनुपर्नेछ ।’
गणतन्त्रको विकल्पमा जनतालाई सडकमा उतार्न एक पक्षले कोसिस गरिरहँदा गठबन्धन सरकारले प्रत्युत्पादक निर्णय लिएको पनि उनले बताइन । घाटामा रहेको प्राधिकरणलाई मुनाफामा लैजाने र देशलाई लोडसेडिङमुक्त गराउने व्यक्तिप्रति इगो साधेर कसको अभिष्ट पूरा गर्न खोजिएको हो भन्ने पनि उनको प्रश्न छ।

