काठमाडौं: अर्जेटिनी खेलाडी लियोनेल मेसी फ्रेन्च क्बल पीएसजीमा आबद्ध भएका छन् ।
भर्खरै मात्र बार्सिलोनाबाट बिदा भएका लियोनेल मेसीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गर्न लागेका हुन् ।
उनी ३५ मिलियन यूरोमा पीएसजी भित्रिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अब पीएसजीले चाँडैनै मेसीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।
केही दिन अगाडि मात्रै बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले क्लब छाडेका थिए ।

