भक्तपुर । बिहीबार एक कार्यक्रमकाे आयाेजना गरी जाेशी समाजकाे जाेशी समाजकाे २३औं स्थापना दिवस सम्पन्न मनाईयाे।
कार्यक्रममा अध्यक्ष निराेज जाेशीद्वारा पँचदीप प्रज्वलन गरिएकाे थियाे ।
निवर्तमान अध्यक्ष अच्युतराज दैवज्ञ, केन्द्रीय सदस्य राधेश्याम जाेशी र उपाध्यक्ष महेन्द्र जाेशीलगायतबाट शुभकामना मन्तव्य व्यक्त गरे।

यसैगरी साेही उपलक्ष्यमा जाेशीसमाज केन्द्रीय समितिद्वारा एक भर्चुअलमार्फत शुभकामना आदानप्रदान गरिएकाे थियाे ।
उक्त अवसरमा केन्द्रीय कार्यबाहक अध्यक्ष विश्वविलास जाेशीले सम्पूर्ण जाेशी बन्धुहरुमा सुख शान्तिकाे कामना गरे।
काेरना कहरका कारण याे वर्षकाे स्थापना दिवस विशेषरुपले गर्न नसेकाे कुरा उनले प्रष्ट गरे।
