एमाले एकताकाे पक्षमा उभिने भन्दै माधवकुमार नेपालकाे नयाँ पार्टीमा नगएका नेताहरु अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनकाे निवास बालकाेट पुगेका छन्।
एमालेकाे आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनकाे निवास बालकाेट पुगेका हुन्।
भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।
उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्राेह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए।
बालकाेटमा ओलीसँग भेट्नुअघि उनीहरुले ओली समूहका नेता शंकर पाेखरेलसँग कुराकानी गरेका थिए। अहिले ओली र एकताकाे पक्षमा रहेकाे बताउने नेताहरुबीच बालकाेटमा वार्ता भैरहेकाे छ।

