काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आजदेखि देशकै ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५ सुरु भएको छ। यसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो।
आगामी भदौ ८ गतेसम्म चल्ने यस प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारीसाधन ब्रान्ड सहभागी भएका छन्। Tata, Futuressoft लगायत कम्पनीहरूले इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान प्रस्तुत गर्नेछन्।
यसैगरी, दर्शकलाई आकर्षित गर्ने उद्देश्यले विन्टेज मोटर शो पनि आयोजना गरिएको छ। प्रदर्शनीमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारीसाधन, अटो पार्ट्स र वित्तीय सेवाहरू छुट्टाछुट्टै जोनमा प्रदर्शित भइरहेका छन्।
नाडा अटो शोलाई सवारीसाधन व्यवसायी, प्रविधि प्रेमी र सर्वसाधारणका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। प्रवेश टिकट र समय तालिका सम्बन्धी जानकारी प्रत्यक्ष भृकुटीमण्डप परिसरमै उपलब्ध हुने आयोजकले जनाएको छ।

