इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ। इटहरी प्रहरीले दिएको जानकारीअनुसार करिब २५ वर्षका एक जना र करिब ३० वर्षका अर्को युवकको घटनास्थलमै गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएको हो।
घाइते भएका उनीहरूलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका छन्।
मृतक दुवै जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विवरण सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।

