नेकपा एमालेका सचिव एवं प्रदेश १ का प्रदेश सभासदस्य भीम आचार्यका भाइ राम आचार्यको सुनसरीस्थित घरमा मृत्यु भएको छ।
५९ वर्षका राम आचार्यको इनरुवा नगरपालिका ३ स्थित घरमा ओछ्यानमै शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका कान्छाे भाइ हुन् ।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार बिहान ओछ्यानमा उनको शव फेला परेको हो।
प्रवक्ता कार्कीका अनुसार उनी सुतेको कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको र ओछ्यानमै लडिरहेको अवस्थामा शव भेटिएको हो।
आचार्यलाई उच्च रक्तचाप, मधुमेह र मानसिक समस्या रहेको बुझिएको छ।
