प्रदेश १ मा नेता भीम आचार्य मुख्य मन्त्री आज बन्दै छन् । वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएकाले उनी मुख्य मन्त्री बन्ने भएका हुन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको छ।
उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।
यस्तै मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् ।

