काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते देशका विभिन्न भागमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ती व्यक्तिहरूलाई औपचारिक रूपमा शहीदका रूपमा मान्यता दिएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार काठमाडौँदेखि बैतडीसम्म विभिन्न जिल्लाका नागरिकहरूले आन्दोलनमा भाग लिँदै प्राण गुमाएका थिए । सरकारले ती सबैको नाम शहीदको सूचीमा समावेश गरेको छ ।
शहीद घोषणा गरिएका व्यक्तिहरूको सूची
१. बुद्धिबहादुर तामाङ – कीर्तिपुर–२, काठमाडौं
२. सन्तोष विश्वकर्मा – बेलका–४, उदयपुर
३. सुलभ राज श्रेष्ठ – नेपालगञ्ज–१, बाँके
४. श्रीयम चौलागाई – बेलबारी–११, मोरङ
५. ईस्वत बहादुर अधिकारी – का.म.पा.–११, काठमाडौं
६. आयुष थापा – नेपालगञ्ज–१, बाँके
७. गौरब जोशी – धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ – बारबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारू मगर – भूमिकास्थान–४, अर्घाखाँची
१०. बिमल बाबु भट्ट – बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुराई – वीरगञ्ज–१२, पर्सा
१२. सौरन किशोर श्रेष्ठ – बाग्लुङ–४, बाग्लुङ
१३. सुभाष कुमार बोहरा – खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री – पनौति–१०, काभ्रे
१५. बिनोद महर्जन – ललितपुर–७, ललितपुर
१६. दिल नारायण तामाङ – तिमाल–७, काभ्रे
१७. योगेन्द्र न्यौपाने – गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ – इनरुवा–६, सुनसरी
१९. मोहन सरदार – इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी – पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा – स्वामिकार्तिक खापर–२, बाजुरा
२२. साजन राई – धरान–२२, सुनसरी
२३. अनिश पराजुली – पालुङटार–३, गोरखा
२४. सारकुमार राई – चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट – गण्डकी–४, गोरखा
२६. धिरज श्रेष्ठ – तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी – लालबन्दी–५, सर्लाही
२८. उमेश महत – चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ – सिलिचुङ–३, संखुवासभा
३०. निखिता गौतम – कालिका–८, चितवन
३१. अभिषेक चौलागाई – शैलुङ–४, दोलखा
३२. बिजय चौधरी – लहान–१५, सिरहा
३३. भिमराज धामी – दुर्गाथली–१, बझाङ
३४. निरज पन्त – दशरथ–६, बैतडी
३५. दीपक सिंह साउद – शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ – ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी – अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी – हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुनुवार – तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी – विगु–३, दोलखा
४२. लच्छुमान राई – पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राई – दुधौली–८, सिन्धुली
४४. अमृत गुरुङ – रुपा–५, कास्की
४५. उत्तम थापा – लेकाम–३, दार्चुला
सरकारका अनुसार, शहीद घोषणा गरिएका ती नागरिकका परिवारलाई राज्यले क्षतिपूर्ति, सम्मान र आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

