काठमाडौं: नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको देखिएको बताइएको छ ।
घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका र श्रीपेचको सुरक्षामा खटिएका सेनाले समातेर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार सङ्ग्रहालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।
घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेको समाचार छ ।
