आज सोमबारदेखि चाडबाडमा घर फर्कनेहरूलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलेको छ। गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न आउनेहरूको बिहानैदेखि भिड लागेको छ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रीय महासंघले उपत्यकाभित्र आठ स्थानबाट टिकट काट्न सकिने व्यवस्था मिलाएका छन्। बिहान ६ बजेदेखि टिकट काउन्टर खोलिएको छ। कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सुन्धारा, बल्खु, भक्तपुर बसपार्क, जगाती, कलंकीलगायतका ठाउँबाट टिकट काट्न सकिनेछ।
