बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो । यसैगरी एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।
