संसदको बैठक १८ दिनपछि पुन: बस्ने गरी बैठक स्थगित भएको । बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ।
एमालेको अवरोधबीच नै सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाएका छन्।
राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए।
साथै प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुतसमेत गरेका छन्।
