काठमाडौं, कात्तिक ११ गते । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशमा राजदूत सिफारिस गरेकाे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको हो। यसैगरी बैठकले प्राकृति विपत् बाढीपहिरोमा परि मृत्यु भएका र बेपत्ता नागरिकका परिवारलाई दुई लाख दिने निर्णय भएको छ । धानबाली नष्ट भएका किसानलाई राहत दिने पनि निर्णय भएको छ ।
