काठमाडौं, कात्तिक १४ गते । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको कुल ७५ प्रतिशत कामखसकिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोक जिल्लामा अर्को वर्षको पुस महिना भित्र सक्ने लक्ष्य राखी आयोजनाका निर्माण धमाधम भइरहेको छ ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
