भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
आज आइतवार सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आउँदाे मङ्सिर १७ गते बस्ने गरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आउँदाे मङ्सिर १७ गते बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नुभयो ।
गएकाे कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो ।
