काठमाडौं, पुस १२ गते । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउनको लागी छलफल अगाडि बढाएको छ।
खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिएपछि खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो, ‘ अहिले ५ देखि ११ वर्ष उमेर समुहका खोप लगाउने विषयमा मन्त्रालय र विभागमा सल्लाह हुँदै छ । खोप सल्लाहकार समितिले सिफारिस र सरकारको निर्देशन पछि खोप लगाउन सुरु गर्ने छलफल भएको छ।’
सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा चौरसियाले जानकारी दिनुभयो ।
‘बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्रचार गरेका छौँ ’डा चौरसियाले भन्नु भयो । यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।
