नेकपा विप्लव निकट जबस संयुक्तले “१२९” औं माओ दिवस भव्यताका साथ सम्पन्न गरेकाे छ।
२०७८ पुष १२। “१२९ औं माओ (“माओत्सेतुङ”) दिवस आज भव्यताका साथ सम्पन्न भएकाे छ। नेकपा. विप्लव निकट संयुक्त जबस संगठनले विविध कार्यक्रमकाे आयाेजना गरि आज “१२९ औं माओ दिवस मनाएकाे हाे । काठमाडौंकाे कालिकस्थानमा रहेकाे विजय स्मारक उच्च मा.वि.काे हलमा नेकपा जबस संयुक्तले एक कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरेकाे छ । संयुक्त जबस संगठनका अतिथि ,प्रमुख अतिथि लगाएतका वक्ताहरूले आजकाे साे “१२९ औं माओ दिवसलाई स्वागत मन्तव्य दिदैं आफ्ना महत्त्वपूर्ण धारणाहरू राख्नुभएको थियो ।

“कार्यक्रममा माओलाई स्मरण गर्दै माक्स र लेलिनकाे चेलाकाे रूपमा माओलाई लिन सकिन्छ ,भन्ने धारणा सहित पूर्व अ. क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले आफ्ना भनाइहरु राखेका थिए “उनले भनेका छन्” माओकाे बारेमा बुझ्नु छ भने माक्र्सवाद र लेलिनवादलाई तुलना गरि अध्ययन गर्नुपर्ने हुन्छ,साथै नामधारी खाेल ओडेर कम्युनिस्ट हुँ भन्नेहरूले त्यसकाे जवाफ दिनुपर्ने ,वर्तमान सत्तामा रहेका र सत्ता बाहिर रहेका विचलित र नामधारी कम्युनिस्टहरूले बुझ्नुपर्ने उनकाे कडा जवाफ रहेकाे थियो ।त्यस्तै के.सदस्य एवम् फ्याक्सन ईन्चार्ज चिरण पूनले शुभकामना मन्तव्यमा क्रान्तिकारी गीत गाएर आफ्ना महत्त्वपूर्ण भनाईहरु राख्दै कार्यक्रम मार्फत सम्बाेधन गरेका थिए। उनले रुपचन्द्र विस्ट जसले थाहा आन्दोलनको नेतृत्व गरेका थिए, उनकाे प्रसंसा गर्दै कार्यक्रम मार्फत सबैलाई अवगत गराएका छन्।साथै राष्ट्र घाटि mcc काे विषयमा पनि केही भनाइहरू उल्लेख गरेका थिए भनेँ mcc काे विषयमा गित नै बनाएर ,राष्ट्रघाती mcc हामीलाई चाहिदैँन, जनघाती mcc ल्याउन पाइदैँन भन्ने गीतकाे स्लाेक वाचन गरी हललाई गुन्जायमान बनाएका थिए। त्यस्तै प्रमुख अतिथि एवम् पार्टीका के.स अनिल शर्मा विरहिका अनुसार युरोपमा अध्ययन गरि आएका कमरेडहरूमा भिन्नता हुन्छन्, साथै क्रान्तिका लागि आफ्नै माटाे सुहाउँदो हुनुपर्ने धारणा राखेका छन्। नाैलाे राजनीतिक अर्थव्यवस्थाकाे थालनी गर्दै राजनीतिक अर्थव्यवस्थामा निषेध र प्रतिस्थापनकाे सिद्धान्तको संक्षिप्त व्यवस्थाकाे उदाहरण दिँदै विश्व प्रसिद्ध वैज्ञानिकहरु – निकाेलस काेपरनिकस, न्युटन,हकिङ,आईन्सटाइन लगाएतका वैज्ञानिककहरुकाे समेत स्मरण गराएका हुन्। कार्यक्रममा अ.ने.क्रा.ट्रेड यु.म.का अध्यक्ष विनाेद थापाले शुभकामना एवम् मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमकाे उद्धघाेषण अ.क्रा.वि.का अध्यक्ष प्रकाश शाहिले गरे भनें , समापन के.स खुमा सुवेदीले गरेकि थिईन।कार्यक्रममा पाटि निकट जबसका संयुक्त माेर्चाका नेता कार्यकर्ता,पत्रकार लगाएतका अतिथिहरुकाे सहभागीता रहेेकाे थियाे।
