जेष्ठ ६,काठमाडौं । रामबहादुर थापा बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार रामबहादुर थापा बादल हुन् भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा हुन्।
आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो।
देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

