-नन्दलाल खरेल
विकसित राजनीतिक परिदृश्यमा युवाको महत्व वढ्दो छ
आर्थिक विचलनले युवाका गंभीर प्रश्नहरु निष्तेज छ
पौरखी युवा पलायन हुनुको अत्यन्तै पीडा छ
देश समृद्धिको लागि युवाको आवश्यकता छ
सामाजिक विचलन र कुलतमा युवाको संख्या वढ्दो छ
युवाका माझ गम्भीर प्रश्नहरु उत्कर्षमा छ
राज्यका संयन्त्र नीति नियम व्यवहार युवामैत्रीको अभाव छ
जसको कारण युवाको सुनौलो भविष्य खतरामा छ
युवा गलत नेतृत्वको जयजयकार गर्न वाध्य छ
युवाको नेतृत्व विना सुनौलो भविष्य असंभव छ
तथ्यांकमा युवा ४० प्रतिशत भन्दा बढी छ
तर शासक फु गर्दा लड्नेको राज छ
शासकलाई युवा रेमिट्यान्सको बल छ
युवाकै शक्ति विभाजन गरी शासकको राज छ
मानवीय संकटवीच चुनाव घोषणा भएको छ
यही अवस्थामा फेरी युवाको प्रयोग हुने भएको छ

