काठमाडौँ। नेपाली बजारमा सुनको वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
बुधबार १०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ६०० रुपैयाँले बढेसँगै प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

