– प्रा. शत्रुघन श्रेष्ठ
खानापछि गुलियो परिकार मन पराउनेले डिर्जटका रुपमा सक्खर खाँदा पाचन समेत राम्रो हुन्छ । छाला स्वस्थ राख्ने र चमक बढाउने सक्खरले चिसो र कफबाट बच्न पनि मद्दत गर्दछ । थकित र कमजोर महसुस भएको बेला शरिरको उर्जाका लागि सक्खरको प्रयोग गर्न सकिन्छ ।
केही दशक अगाडीसम्म परम्परागत रुपमा हरेक नेपालीको भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भैसकेको मौलिक एवम् औषधि गुणयुक्त सक्खरलाई तत्व फोसले विभिन्न फ्लेवरमा मा बजारमा उपलब्ध गराएको हुन्छ ।
सक्खर शब्द अरबी शब्दबाट उत्पत्ती भएको हो । भाारत र नेपालको तराई भेगमा यसलाई गुँद शब्दले चिन्ने गरिन्छ । आयुर्वेदिक चिकित्सामा सक्खरको महत्व उच्च छ । गुलियोको रुपमा र औषाधिय गुणका हिसावले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ ।
कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सीनेमन ज्यागरी पाउडर, टर्मरकि जगरी पाउडर, ब्लायक पेपेर र जिञ्जर ज्यागरी पााउडर छन् । जसलाई स्वाद र उपयोगिता अनुसार उपभोग गर्न सकिन्छ । परम्परागत उत्पादन ओरिजनल ज्यागरी पाउडरलाई दुध वा तातो पानीसँग दुई, तिन चम्चा दैनिक खान सकिन्छ । त्यतिमात्रै होइन चिया, सिरियल, मिठाई, हलुवाा र खिरमा पनि प्रयोग गर्न सकिन्छ । खानापछी स्वीटनरका रुपमा पनि यसलाई लिन सकिन्छ । चियाका पारखीले मसला चिया ज्यागरी पाउडर प्रयोग गर्न सक्छन् ।
विहानको चियादेखि राती सुत्नुअघि पिउने दुधसम्मका लागि प्रडक्ट तयार पारेको छ । विभिन्न फ्लेवरमा सक्खरको पाउडरलाई घिउ मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी मिठाइ लगायतका गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ ।
तत्वका उत्पादन काठमाडौं उपत्यका पूर्वका विभिन्न ठाउँका साथै पश्चिममा पाोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्ज लगायतका शहरको भाटभटेनी, क्बभिक द्यभचचथ सेल्स बेरी , विग मार्ट लगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ । साथै दराज मार्पmत इलष्लिभ अनलाई अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ ।
हाल सक्खर पााउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुईवटा प्याकेतमा उपलब्ध छ । सक्खरबाट विभिन्न प्रकाारका बस्नु उत्पादन गरिन्छ, जस्तै : सक्खरबाट चिनी उत्पादन गरिन्छ भने सक्खरलाई नै एउटा ठूलो तामाको भाँडो जसलाई नेवारी भाषामा फोसी (सीज) भन्ने गरीन्छ । त्यो फोसीमा (तामाको भाँडोमा सक्खरलाई तोतोपानीमा भकभक उमालेर लेदो नभएसम्म उमाल्दै जानुपर्दछ । त्यसपछि त्यसमा विभिन्न किसिमका काजुका टुक्रा, दाख, सुकुमेल जस्ता स्वस्थवद्र्धक वस्तुहरु मिसाएर चाकू बनाइन्छ । चाकू जाडो महिलनाको लागि अति उत्तम हुन्छ, दिनहुँ खानासँगै एक टुक्रा चाकू मिसाएर खानाले शरीरमा शक्तिजन्य पदार्थ उत्पन्न गर्न मद्दत गर्दछ । चाकू बच्चा, वृद्धा, तन्नेरी सबैले खाने गर्दछन् । अझ भन्ने हो भने सुत्केरी आइमाईहरुलाई खाना सँगै घिउ, चाकू पगालेर खुवाउनाले सुत्केरीको बच्चालाई चुसाउने दुध बढाउनमा मद्दत गर्दछु ।
कतिपय अवस्थामा, आर्युवेदिक चिकित्सकहरु विभिन्न रोग लागेका विरामी निको पार्नका लागि समेत सक्खरको प्रयोग गर्ने सल्लाह दिन्छन् ।
एन्टिअक्सिीडेन्ट गुण भएको रोग प्रतिरोधात्मक शक्तिबद्र्धक उच्च पोषणयुक्त, श्वास प्रश्वास र हाडजोर्नी रोगबााट बचाउने विषेशता भएको सक्खर चिनीको उत्तम विकल्प हो । सक्खरले शरिमाा रगत सफा गर्छ साथै शरिरमा शक्तिको श्रोतको रुपमा प्राप्त हुने गर्दछ । काम गरेर थकित भएको बेलामा सक्खर पानी पिउनाले थकीत भएको शरीरलाई हल्का स्फूर्ति डिलाउने मद्दत गर्दछ । शरीरमा कफ बढ्दा यसको सेवनले कफ कम गर्न सहयोग गर्दछ । शरीमा उर्जा … बढाउन सक्खरको सेवन अति उत्तम र लाभदायिक हुन्छ ।
Previous Articleआज तमु ल्होसार/ल्होछार’ मनाइँदै
Next Article दार्शनिक काव्यकारः नरेन्द्र पराशरको काव्यिक यात्रा

