काठमाडौं ,
जयराम बिडारी
वाङ्मय उन्नयनका साझा चौपारी’’ मूल नाराका साथ मासिक नियमित रुपमा विभिन्न विधामा कार्यक्रम संचालन गरिरहेको लोमशको नियमित सातौं श्रृङ्खला सम्पन्न गरिएको छ ।
प्रा.डा. रमेश भट्टराईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को सभापतित्व एवं ‘मृत्युले मुसारेको मीनिस’ कृतिका कृतिकार मदनलाल पौड्याल तथा बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यको आतिथ्यमा प्रारम्भ वर्ल्ड स्कुलको सभाहलमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा.डा.रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै कविताहरुको सैद्धांतिक परिभाषाका बारेमा चर्चा गर्दै सिर्जनाका आधारमा लेखिएका कविता जीवन्त रहने बताए । उनले बिम्ब प्रतिक भाव अभिव्यन्जनाको प्रस्तुतिलाई साधनाले निखार ल्याउँछ कविका लेखन पनि एक खालको श्रम भएको बताउँदै त्यसमा कला पोखिंदा सार्थक कविता सृजना हुने गर्छ । मदनलाल पौड्यालले आफ्ना सृजनामा इमान्दारीका साथ जीवन संघर्षका प्रसंगलाई प्रस्तुत गरेको पाइएको समेत बताए । परिमार्जन गरिएको यथार्थमा संस्मरणको शक्ति रहेको भन्दै पौड्याललाई कृति सफलताकोा कामना गरे । आफूले यस कार्यक्रममा आएर धेरै कुरा सिक्न पाएको बताए । संस्मरणात्मक कृति मृत्युले मुसारेको मानिसमा अनुभव अनुभूति साझा भएकोले धेरै राम्रा उपलब्धि भएको बताए । उनले एउटा अध्ययन भ्रमणमा विदेश जाँदा एक त्रियानब्बे वर्षीय वयोवृद्धले युवा जोशका साथ अध्ययन गरिरहेको पाएकोले जीवनमा सिकेर कहिल्यै नसकिने दृष्टान्त प्रस्तुत गरे ।
कार्यक्रममा मृत्यूले मुसारेका मानिस कृति माथी प्रशिद्ध समालोचक महेश प्रसाईंद्वारा परिचर्चा गरिएको थियो । परिचर्चाका क्रममा प्रसाईले मानिस आमाको गर्भवाट धरतीमा अवतरण भएको बेलादेखि नै मृत्युले मुसारीरहेको तितो सत्यलाई काव्यिक भाषामा मिहन ढंगले विश्लेषण गरेका थिए । उनले मार्कसवादी आन्दोलनका क्रममा पौड्याल इमान्दार योद्धाको रुपमा उनले पुरा गरेका जिम्मेवारीको खुलेर प्रशंसा गर्दै आगामी दिन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा कृतिमाथी रहेका विभिन्न उपशीर्षक माथी समेत विश्लेषण गरेका थिए ।
कार्यक्रममा मदनलाल पौडेलको मृत्युले मुसारेको मानिस परिचर्चा गर्दै मूर्धन्य साहित्यकार महेश प्रसाईले साङ्गोपाङ्ग शल्यक्रिया गरे । पुस्तकभित्रका अनेक घटना परिघटनाहरूलाई पनि उनले उधिने । कृतिकार मदनलाल पौडेलले पुस्तकभित्रका केही परिघटना रोचक रूपले पस्किए ।
विभिन्न श्रव्यदृश्य माध्यमकी कार्यक्रम प्रस्तोता सुष्मी कँडेलले उदीयमान नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रासङ्ग्रह बादलडाँडा अन्तर्गत ‘एक्ले देउरालीको झरिलो बिहानी’ नियात्रा सुरिलो स्वरमा वाचन गरिन् ।
नियात्राकार राजेन्द्रमान डङ्गोलले आफूलाई कविता श्रवण गर्न आनन्द लाग्ने बताउँदै नियात्राबारे आफ्ना अनुभूति साझा गरे । कार्यक्रममा नेपाल बालसाहित्य समाजका नवनिर्वाचित अध्यक्ष विजयराज आचार्य तथा प्रगतिशील लेखक सङ्घका पूर्व कोषाध्यक्ष कृष्णहरि भट्टले साहित्यले समाजका विकृतिलाई उधिनेर सभ्य समाज स्थापनार्थ काम गर्नुपर्ने बताए ।
कृतिकार मदनलाल पौड्यालले आफू पत्रकारिताको पृष्ठभूमिबाट अघि बढेको मानिस भएकोले कृति लेख्ने खास विचार नभएपनि समयक्रममा पुष्पलाल संगको सामिप्यतामा जीवन संघर्षको मैदानमा अघि बढ्ने क्रममा समाजवादी आन्दोलनमा सरिक भएको बताए । पुस्तक तैयार पार्ने क्रममा दम्पत्ति मिलेर भाषा सम्पदनमा जीवन संगिनीको प्रसस्त साथ सहयोगले प्रसंगहरु मिलाएर टाइप गरेर तैयार पारेको राजकुमार बानियाँले सम्पादन र विजयराज आचार्यले प्रकाशित गरेको प्रसंग उल्लेख गर्दै प्रतिष्ठानलाई केही थान पुस्तक प्रदान गरे ।
कार्यक्रममा कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ धरहरा अभियन्ता ध्रुब गजुरेल, खुसीराम डौलिया, जगदीश्वर पोखरेल, रूबि सत्याल, सञ्जय सोती, दुर्गा पौडेल, रामचन्द्र न्यौपाने ‘वनवासी’ देवराज सिम्खडा, लुमडी आचार्य, सुष्मी कँडेल, कृष्णहरि भट्ट, बलराम विष्ट, अप्सरा केसी,राजबाबु श्रेष्ठ ‘सागर’ लगायत सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।
अनुप खनालद्वारा उपस्थित अभ्यागतहरूलाई स्वागत गरिएको उक्त कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए ।

