राजन थापा
ईशान महिला तथा बाल अस्पताल (Ishan Children and Women’s Hospital) काठमाडौँको टोखा नगरपालिका–५, बसुन्धरामा अवस्थित एक अग्रणी निजी अस्पताल हो, जसले बालबालिका र महिलासम्बन्धी स्वास्थ्य सेवामा विशेषज्ञता प्रदान गर्दछ। यो अस्पताल नेपालकै पहिलो निजी बाल अस्पतालको रूपमा २०५२ सालमा स्थापना भएको हो, र हालसम्म ३० वर्षभन्दा बढी समयदेखि सेवा प्रदान गर्दै आएको छ ।
प्रमुख विशेषताहरू
सेवा समय: अस्पतालले २४ घण्टा आकस्मिक सेवा र बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी सेवा प्रदान गर्दछ ।
विशेषज्ञ टोली: अस्पतालमा बालरोग, स्त्रीरोग, प्रसूति, छाला, कान-नाक-घाँटी, दन्त, हाडजोर्नी, न्यूरोलोजी, रेडियोलोजी, फिजियोथेरापी लगायतका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरू कार्यरत छन् ।
अत्याधुनिक सेवा: अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण, सिटी स्क्यान,पेडियाट्रिक तथा एडल्ट इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ ।
सुविधा सम्पन्न भवन: सुरुमा १५ शैयाबाट सेवा सुरु गरेको अस्पताल हाल १०० शैयाको क्षमता सहितको अत्याधुनिक भवनमा सेवा प्रदान गर्दैछ ।नवजात शिशु सेवा: अस्पतालमा नवजात शिशुका लागि एनआईसीयू, पेडियाट्रिक आईसीयू, भेन्टिलेटर, इन्क्युबेटर लगायतका सुविधा उपलब्ध छन् ।
निशुल्क सेवा: आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूका लागिअस्पतालले १०% बेड निशुल्क उपलब्ध गराएको छ ।
ईशान बाल तथा महिला अस्पताल प्रा.लि. अत्यन्त हर्षका साथ घोषणा गर्दछ कि नेपालकै पहिलो Clinical Fellowship in Pediatric Surgery कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।यस प्रतिष्ठित कार्यक्रम अन्तर्गत, डा. धन बहादुर श्रेष्ठज्यूले प्रा.डा. रामनन्दन प्रसाद चौध्री, प्रमुख बाल शल्य चिकित्सक तथा पाठ्यक्रम संयोजकको नेतृत्वमा, १३ अप्रिल २०२४ देखि १३ अप्रिल २०२५ सम्म अध्ययन तथा तालिम प्राप्त गरी सफलतापूर्वक स्नातक हुनु भएको छ।यो कार्यक्रम नेपाल मेडिकल काउन्सिल (NMC) द्वारा अनुमोदित नेपालकै पहिलो Pediatric Surgery Fellowship हो, र यो नै ईशान बाल तथा महिला अस्पतालको पहिलो Fellowship Program पनि हो।
डा. धन बहादुर श्रेष्ठज्यूलाई सफलतापूर्वक पास भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। साथै, यस कार्यक्रमको प्रचार–प्रसारमा सक्रिय सहयोग गर्नु हुने सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा सरोकारवालाहरूलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।हामी भविष्यमा पनि यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै जानेछौं। यसमा यहाँहरूको निरन्तर साथ, विश्वास तथा सहयोगको अपेक्षा गर्दै, हामी सबैसँग मिलेर अघि बढ्ने प्रण गर्दछौं।

